उर्लाबारी, बैशाख १२ । नेपाल सरकारले २०७९ चैत्र १६ गते गरेको निणर्य बमोजिम स्थानियतहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउपालिकाले कार्यान्वयनमा ल्याएको छ ।
प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री स्तरीयनिणर्य बाट पारित भएको सो व्यावस्थालाई पुर्वी मोरङमा मिक्लाजुङ गाउपालिकाले पहिलो पटक कार्यान्वयनमा ल्याएको मिक्लाजुङ गाँउपालिकाका अध्यक्ष बबी कुमार राईले बताउनु भयो ।
राईले भन्नुभयो-“वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउनु हुने छ यसले विराटनगर र काठमान्डौ धाउनु पर्ने झनझटको अनत्य हुने विश्वास लिएको छु।”
श्रम स्वीकृति लिनेमा पहिलो सेवाग्राही मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का केशव सिग्देल बन्नुभएको छ ।
सिग्देलले खुसी हुँदै भन्नुभयो-‘यसअघि काठमाडौं र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भयो ।’ केन्द्र सरकारको निणर्यबमोजिम मिक्लाजुङले वैदेशिक रोजगारीका लागि विदेश जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा वैशाख २ गतेदेखि नै प्रारम्भ हुने २०७९ चैत २९ गते सूचना प्रकाशन गरेको थियो ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ ।
राससः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय