उर्लाबारी, बैशाख १८ । ९१ प्रतिशत सभासदले पास गरेको “कोशी प्रदेश” पुनः नामाकरण सम्भव नहुने मुख्यमन्त्री हिकमत कुमार कार्कीले बताउनु भएको छ ।
आज मोरङको उर्लाबारी-३ मंगलबारेमा केन्द्रिय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको २१ औ साधरण सभाको उद्घाटन गर्न आउनु भएका मुख्यमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।
मन्त्रीकार्कीले सभालाई सम्वोधन गर्दै भन्नुभयो-“नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायीक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गते प्रदेश सभामा रहेका सवै पार्टीका ९१ प्रतिशत सभासदहरुले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो अव पुनः प्रदेशको नामाकरण सम्भव छैन्, बरु प्रदेशको समृद्धिका लागि सुझाव दिन आउनुहोस ।”
विगतको ५ वर्ष प्रदेशको नामाकरण हुन नसक्दा जतस्तरबाट प्रदेश सरकार आलोचित बनेको स्मरण गर्दै कार्कीले थप भन्नुभयो- प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सवै राजनैतिक दलको समर्थनमा नामाकरणलाई टुङगोमा पुर्याईएको हो। तर, पछिल्लो समय केही व्यक्ति र केही सस्थाहरुले नेकपा एमालेलाई लक्ष्ति गरी आक्रमण गर्ने प्रवृति बढ्दै गएको छ हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट छैन् यस प्रति “कोशी प्रदेश” सरकार सचेत छ।
यस्तै मन्त्री कार्कीले “कोशी प्रदेश” निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाको रुपमा नभएर कोशी प्रदेश नेपालकै सवैभन्दा ठुलो प्राकृतिक सम्पदा कोशी नदी हो, त्यसैले यो प्रदेशको नाम सम्पदाका आधारमा राखिएको हो, अन्य ठाउमा प्राकृतिक सम्पदा र भुगोलको आधारमा नामाकरण हुदा हुने हाम्रो मा किन नहुने भन्दै आन्दोलनरत पक्षधरलाई गम्भिर भएर सोच्न उहाले आग्रह गर्नुभयो ।
मन्त्रि कार्कीले पछिल्लो समय केही व्यक्ति र केही सस्थाहरुले नेकपा एमालेलाई लक्ष्ति गरी आक्रमण गर्ने प्रवृति बढ्दै गएको बताउदै हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट नभएको र अवान्छित गतिविधी प्रति “कोशी प्रदेश” सरकार सचेत रहेको समेत बताउनु भयो ।
यता मन्त्री कार्की कार्यक्रममा सहभागी हुने खबर आन्दोलनरत पहिचानवादीले थाहा पाएपछि मन्त्री कार्की विरुद्ध नाराबाजी गर्दै उनिहरुले सडकमा प्रर्दशन गरेका थिए ।
आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पुर्वपश्चिम राजमार्गको मंगलबारेमा केही बेर सडकमा टायर बालेर प्रर्दशन समेत गरेका थिए । उनिहरुले सडकमा प्रर्दशन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किनु भएको थियो ।
ADVERTISEMENT