
उर्लाबारी, १९ बैशाख । आर्यघाट निर्माण भन्ने वित्तिकै जहा व्यात्तिगत अथवा सस्थागत कुनै पनि रुपमा लालच, डाह, ईश्र्या जस अपजस पाउने हुटहुटीलाई त्यागेर निस्वार्थ रुपमा सेवा भावले गरीने परोपराकारी कर्म हो ।
तर मोरङको उर्लाबारी-४ मा निर्माण हुन लागेको आर्यघाटमा बर्तमान स्थानिय सरकारले आर्यघाट निर्माणको जस आफ्नो पोल्टामा पारी अगामी निर्वाचनमा भोट माग्ने भाँडोका रुपमा रुपमा आर्यघाटलाई प्रयोग गर्न आर्यघाटको नाम नै परिवर्तन गरी हतार हतार शिलान्यासको प्रक्रियामा अगाडी बढाएको छ ।
आर्यघाट निर्माणमा बर्तमान स्थानिय सरकारका प्रमुख गंगा खरेलले उनका निकटतम साथी विष्णु सुवेदीको प्राजेक्टलाई सार्थकता दिन सेटिङमा “बक्राहा विष्णु-गङ्गा घाट” को नामाकरण गरी घाट निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट छुट्टै सस्था दर्ता गरी प्रक्रिया अगाडी बढाएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार-सुवेदी पहिला पनि उर्लाबारीमा घाट निर्माण गनुपर्छ भन्ने कुरा लिएर आउने गरेका थिए, तर उनले उर्लाबारी-७ आफ्नै नामबाट दर्ता भएको ‘विष्णु-गंगा बैधिक दिव्य धाम̛’ नामक सस्था सग मिल्दो जुल्दो नाम राखिनु पर्ने प्रस्ताव ल्याउने गरेका कारण उनको त्यो प्रस्तावलाई अघिल्लो स्थानिय सरकारले अस्विकार गरी “बक्रा घाट” निर्माण गर्ने योजना अघि सारेको थियो, तर अहिले बजारमा “बक्राहा विष्णु-गङ्गा घाट” मेयर फागोकै पालामा आएको नाम हो भनि भ्रम फैलाइएको छ, तर वास्तबिकता भनेको सुवेदीले ल्याउने गरेको नाम मात्रै हो जस्लाई फागोले अस्विकार गरी “बक्रा घाट” निर्माणको प्रक्रियालाई अगाडी बढाएका थिए, बैसाखमा सम्पन्न स्थानियतहको निर्वाचन पश्चात निवर्तमान मेयर फागो परिवर्तन भएसगै उनले आफ्नो प्राजेक्टलाई बैधिक दिव्य धामका केही सदस्यको सहयोगमा मेयर खरेल सग भित्रीरुपमा सेटीङ गरी छलफलमा औपचारीकता मात्रै निभाएर पास गराएको स्रोतले बतायो ।
“बक्रा घाट” को नाम परीवर्तन गराउन ‘विष्णु-गंगा बैधिक दिव्य धाम̛’ का प्रमुख सुवेदी, सोही सस्थामा अवद्ध केही सदस्य, नेकपा एमाले र माओवादीका केही स्थानिय नेताहरु र मेयर खरेल भित्री रुपमा लागि परेका कारण नामाकरणमै घाट विवादित बनेको जानकार स्रोतले बतायो ।
निर्वाचनताका उर्लाबारीको विकास र समृद्धिका लागि कहि कतै कसैसग सम्झौता गर्दिन भन्दै भाषण गर्ने मेयर खरेलले आफु निर्वाचित भएको १ वर्ष पुरा पुग्न नपाउदै उर्लाबारीकै गौरवको योजनाका रुपमा लिइएको “बक्राघाट” को योजनालाई नाम परिवर्तन गरी आफु अनुकुलको समिती निर्माण गरी घाट निर्माणको जिम्मेवारीबाट पन्छिएको स्थानियहरुले बताउने गरेका छन् ।
निर्वाचनताका मेयर खरेलले नगरपालिकाको भत्ता नलिने, सुशान, मित्तव्यीता, पारदर्शितामा सम्झौता नगर्ने, उर्लाबारीको समृद्धि र विकासका लागि मरिमेटी लागि पर्ने जस्ता प्रतिवद्धता गरेका खरेल आर्यघाट निर्माणमै विवादमा मुछिनुले उर्लाबारीमा चरम लापरवाही, आर्थिक अपारदर्शीता र बेथिती मौलाउदै गएको अनुभुति हुन थालेको स्थानियको भनाई छ ।
घाटको वास्तविकता यस्तो थियो !
जग्गा अभावकै कारण अलमलमा परीरहेको उर्लाबारीकै गौरवको योजनाका रुपमा लिइएको “बक्रा घाट” लाई सार्थकता दिन उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागोको सक्रियतामा स्थानियले चर्चेको करिव ४ विघाह जमिन घाट निर्माणका लागि नगरपालिकालाई दिए ।
४० वर्ष देखी जोतभोग गर्दै आएका स्थानिहरु “बक्राघाट” निर्माणका लागि आफुले चर्चेको जमिन दिन तयार भएपछि निवर्तमान मेयर फागोले स्थानियहरुबाट “बक्रा घाट” निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया पुरा गरेर नगरपालिका मातहत ल्याएका थिए ।
नगरपालिका मातहत जमिन आईसकेपछि मेयर फागोको पहलमा घाटको डिपिआर निर्माणका लागि प्रक्रिया अगाडी बढेको थियो, तर गत स्थानिय चुनावमा उनि पराजित भए सगै साविकको योजनाको नाम परीवर्तन भयो र “बक्राहा विष्णु-गङ्गा घाट” नामक सस्थाले आर्यघाट निर्माण गर्ने गरी बैशाख २० गते शिलान्यासको मिती तोकेको छ ।
बक्रा नदीमा दिनमा औसत ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याउने गरीएको भएता पनि व्यवस्थित घाट नहुदा जथाभाबी रुपमा शव जलाउनाले नदी किनारमा बसोवास गर्ने समुदायको जनस्वास्थ्यमा असर पर्नुका साथै नदीको शौन्र्दयता र बरीपरीको वतावरण समेत दुषित र दुर्घन्धीत हुने गरेका कारण शवलाई व्यस्थीत रुपमा दहन गर्न र मलामीका कारण राजमार्गगमा हुने गरेरको ट्राफिक जामलाई कम गर्ने उदेश्यका साथ नगरपालिकाले घाट निर्माणको योजना अघि सारेको थियो ।




उर्लाबारीको बढ्दो जनसख्या र जनघन्तवलाई मध्यनजर गर्दै १ सय वर्ष सम्मका लागि सहज हुने गरीको सात वटा साधरण प्रकारको र ३ वटा विधुतीय शव जलाउने स्थान सहितको किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रसस्त पार्कीङ सहितको आधुनिक बक्राघाट निर्माण गर्ने लक्ष्य नगरपालिकाले लिएको थियो ।
नगरपालिकाले व्यवस्थित घाट निर्माणको प्रक्रियालाई अगाडी बढाउन ७० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित रकम बाट घाट निर्माणको काम अगाडी बढाउने र क्रमागत रुपमा विकास गर्दै आधुनीक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थयमा परेको असरलाई न्युनिकण गर्ने लक्ष्य निवर्तमान मेयर खड्ग फागोको थियो ।