संखुवासभा । आज दिउसो १ बजे संखुवासभाको भोटखोला गाउँपालिका-४ मा भएको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।
मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । हेलिकप्टर शुक्रबार दिउँसो १ भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना ग्रस्त भएको थियो । घाईते अन्यको उपचारका लागि काठमान्डौ लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय