दमक, जेठ ६ । लागुपदार्थ सेवनकर्ताको उपचारका लागि खोलिएको शान्तभाव फाउण्डेसन नेपालले आफ्नो दोस्रो बार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराईले लागुपदार्थ दुव्र्यशनी बाट युवापुस्तालाई बचाउनु पर्ने बताउनु भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख भट्टराईले लागुऔषधबाट युवा पुस्तालाई जोगाउन चुनौति रहेको बताउदै- कुनै एक पक्षको प्रयासबाट मात्रै लागुपदार्थ दुव्र्यशनीको कुलतमा फसेका युवालाई बचाउन सम्भव नभएका कारण सवै सरोकारवाला क्षेत्रका व्याक्तिहरु लागी पर्नुपर्ने औल्याउनु भयो।
फाउण्डेसनका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसनका बरिष्ठ परामर्शदाता रबिन तामाङले लागु औषध दुब्र्यसन पनि रोग भएकोले यसलाई कानुनबाट भन्दा पनि उपचारकै माध्यमबाट नियन्त्रणमा लिन सकिने बताउनु भयो ।
सरकार र समुदायको उपेक्षामा परेका कारण लागुऔषध दुब्र्यसन नियन्त्रण गर्न कठिनाई हुँदै गएको बताउनु भयो । प्रहरी प्रशासनले पनि अपराधिको रुपमा हेर्दा जटिलता बढेको तामाङले बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक जिवन गौतमले लागुऔषध प्रयोग कर्ता भन्दा पनि बेचबिखनमा संलग्नलाई भने कानुनी कारबाही गर्ने गरेको जानकारी दिनुभयो ।
यसले समाजलाई ठुलै चुनौति दिएको भन्दै उहाँले सबै अभिभावक सचेत बने मात्रै यसलाई नियन्त्रण गर्न सकिने बताउनु भयो ।
ADVERTISEMENT