दमक, जेठ ६ । विश्व वैंकको सहयोगमा दमक नगरपालिकामै पहिलो पटक नमुना सडक बन्ने भएको छ ।
दमक वडा ५ र १ को सिमा क्षेत्र स्वर्गिय धनबहादुर श्रेष्ठको घर देखी वडा नम्बर ४ को ताराबारी डीपु सम्म चार लेनमा निर्माण हुने सडक क्षेत्रको रेखांकन गरी काम सुरु गरिएको हो ।
नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई सहित वडा अध्यक्षहरु सामाजिक अगुुवाहरुको उपस्थितिमा सडको रेखांकन सुरु गरिएको हो ।
सडक निर्माण गर्दा कुनै अवरोध नआओस भनेर अहिलेनै रेखांकन गरि सडक क्षेत्र पहिचान गरी निर्माण कार्य अघि बढाउने नगर प्रमुख थापाले बताउनु भयो । आगामी दुई बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको उहाँले बताउनु भयो ।
सडकको रेखांकन सुरु गर्दै नेपाली कांग्रेस झापा जिल्ला उप सभापति शेरबहादुर भट्टराईले दमककै पुरानो सडक उच्च गुणस्तरको निर्माण हुन लागेको खबर सुनेर आफुलाई अत्यन्तै हर्ष लागेको बताउनु भयो ।
सडक निर्माण सम्पन्न भए पछि यस क्षेत्रका नागरिकको जिवनस्तर परिवर्तन हुने विश्वास लिएको उहाँले बताउनु भयो ।
१५ मिटर चौडाईको पाँच किलोमिटर सडक निर्माणका लागी ४४ करोड २४ लाख १५ हजार ५ सय २७ रुपैयाँमा ठेक्का लागेको नगर उप प्रमुख रेगिना भट्टराईले बताउनु भयो । सडक निर्माणका लागी विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको भनाई छ ।
सडकमा पैदल लेन, सहित साईकल लेन, बीचमा हरियाली क्षेत्र, सडकको दुवै तर्फ अत्याधुनिक बिजुली बत्तीको जडान र दुवै तिर ढल (नाला) सहित नमूना सडक बन्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय