उर्लाबारी, जेठ ७ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मोरङको उर्लाबारी नगरपालिकामा वडा कमिटी विस्तार गरेको छ ।
रास्वपाका उर्लाबारी नगर सभापति उमेशजंङ थापाको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारी वडा नम्वर-१,२,३ र ७ गरी ४ वटा वडामा पदाधिकारी चयन गरिएको हो ।
जेठ ६ गते आयोजित नगर स्तरिय भेलाले उर्लाबारी-२ मा सुमन कार्कीको सभापतित्वमा रहने गरी तदर्थ समिती गठन गरेको हो । सो समितीको उप-सभापतिमा युवराज डाँगी, सचिवमा तारानाथ गजमेर र सदस्यहरुमा शक्तिकुमार राई, रुमा खतिवडा, राजेन्द्र धिमाल, सन्त बहादुर मगर, कौशल पौड्याल र विशाल भण्डारीको ९ सदस्यि तदर्थ समिती गठन गरेको छ ।
यस्तै वडा नम्वर-३ को सभापतिमा दिपक थपिलया, उप-सभापतिमा अमृत कुमार परियार, सचिवमा योगेन्द्र थापा र सदस्यहरुमा दिप दुलाल, निशान्त राउत, हेमन्त खतिवडा, भिम बहादुर भण्डारी र अम्विका कटुवाल थापा सदस्य रहने गरी तदर्थ समिती गठन गरेको ।
वडा नम्वर- ७ मा कुमार तामाङको सभापतित्व रहने गरी उप-सभापतिमा लक्ष्मिदेवी खड्का, सचिवमा तुलशी रेग्मी र सदस्यहरुमा गजेन्द्र तामाङ, रुपेश खुल्ला, रिता बानिया, विकाश बस्नेत, मेदनी शिवाकोटी, राजकुमार ओली र कमला कुँवर सदस्य रहेको तदर्थ समिती गठन गरीएको छ। वडा नम्वर १ मा शेखर श्रेष्ठको सभापतित्व रहने गरी रास्वपाले उर्लाबारीको ४ वटा वडामा कमिटी गरेको रास्वपाका सदस्य समिर कुईकेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय