
उर्लाबारी, जेठ १५ । उर्लाबारीको चौतर्फी विकास र समृद्धिका लागि अहोरात्र चिन्तन गर्ने उर्लाबारीका सस्थापक मेयर खड्ग फागोको पहलमा ल्याइएको ईलाका प्रशासन कार्यालय भवन निर्माणको तयारी अन्तीम चरणमा पुगेको छ ।
उत्तरपुर्वी मोरङको उर्लाबारी नगरपालिका सहित लेटाङ, बेलबारी र पथरी-शनिश्चरे नगरपालिका मिक्लाजुङ र कानेपोखरी गाउँपालिकका लाखौ जनतालाई यस कार्यालयले नागरिकता र राहादनी वितरण गर्दै आएको छ ।
मेयर फागो उर्लाबारी नगरपालिकाको मेयर रहदा अस्थायी रुपमा मंगलबारे चौकमा संचालनमा रहेको यस कार्यालयलाई स्थायी रुपमा उर्लाबारीमा स्थापित गराउन पहल गरेका थिए ।
कार्यालय संचालनका लागि स्थायी संरचनाको अभाव भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका तिर सर्न लागेको यस कार्यालयलाई फागोको पहलमा जग्गा खोजविन गरी पुरानो मंगलबारे बजारमा कार्यालय बनाउने पहल भएपछि भवन निर्माणको कामले गति लिएको थियो ।
४ करोड ९१ लाखको लागतमा प्रशासन कार्यालयको भवन बनिरहेको छ । नयाँ भवन निर्माणले पुणर्ता पाए सगै चोकमा रहेको कार्यालय यहाँ सर्ने भएको छ ।
कुनै बेला पुर्वी मोरङकै पुरानो बजारका रुपमा चर्चामा रहेको ‘पुरानो मंगलबारे’ बजार सुरक्षा चुनौतिका कारण उर्लाबारी-३ को कृष्ण चौक नजिक सरेपछि यहाको चहलपहल घटेको थियो ।
अव सो ‘पुरानो मंगलबारे’ बजारमा कार्यालय निर्माण हुने भएपछि त्यहाका स्थानियमा नया खुसीयाली छाएको र उर्लाबारीको चौतर्फी विकासमा सहयोग पुग्ने उर्लाबारी-२ का वडा अध्यक्ष कुमार कँडेल राजनले बताउनुभयो ।



