उर्लाबारी, १८ जेठ । कार्यसम्पादन मुल्याङकनमा मोरङको उर्लाबारी नगरपालिकाले मोरङका १७ स्थानिय तहलाई पछि पार्दै पहिलो बनेको छ ।
उर्लाबारी नगरपालिकाले कार्यसम्पादनमा ५१ लाख प्राप्त गरेको छ भने विराटनगर महानगरपालिकाले ५० लाख मात्रै पाएको छ । रंगेली नगरपालिकाले ४९ लाख पाएको छ । त्यस्तै, सुन्दरहरैचाले ४६, पथरीशनिश्चरेले ४५, बेलबारीले ४४, रतुवामाई ४३, लेटाङले ३९ र सुनबर्षीले ३६ लाख प्राप्त गरेको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
अधिकारीले भन्नुभयो- ‘कार्यसम्पादन मुल्याङकनका आधारमा नगरपालिकाले ५१ लाख रुपैया बजेट प्राप्त गरेको छ, यो नगरपालिकाको आन्तरिक कार्यसम्पादन मुल्याङकन सहि छ भन्ने मान्यता हो, यस्ले जनप्रतिनीधी र सवै तहका कर्मचारीलाई थप जिम्मेवार बनाउने छ।’
अधिकारीले जिम्मेवारीलाई वहन गर्दै उर्लाबारी नगरपालिकालाई नमूना बनाउन निरन्तर लागि पर्ने बताउनुभयो ।
आर्थिक बर्ष २०८०/०८१ को बजेटमा उर्लाबारी नगरपालिकामा चालुतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख गरी कुल जम्मा ७८ करोड ३८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय