उर्लाबारी, १८ जेठ । केही दिन यता देखी पुर्वी मोरङमा गर्मी बढ्दै गएको छ । तामक्रमको पारो तातिदै जाने क्रम रोकिएको छैन् ।
यो पारो उकालो लाग्दै जाने क्रम आज अचानक, अहिले भर्खरै भएको हैन यो त हरेक वर्ष उकालो लाग्दै गएको छ । यसरी हरेक वर्ष उकालो लाग्दै गएको तापक्रमका कारण विद्यालय विदा दिदै जानु समस्या समाधनको दिगो समधान हो पक्कै हैन होला ?  तर स्थानिय पालिकाका सामुदायिक विद्यालयहरु र सस्थागत विद्यालयको स्तर उन्नती भने हरेक वर्ष ज्युँका त्युँ राखेर कुनै महामारी आए जसरी नै विद्यालय विदा दिएर तिनै बालबालिकाको मस्तीष्कमा शैक्षिक सत्रको अन्त्य तिर सटटमार शैलिमा घोकाउदै कोर्ष पुरा गराउदा चाही असर पर्दैन र ?
गर्मी बढेसगै स्थानिय सरकार सामुदायिक विद्यालय विदा दिन तछाड मछाड गर्दै होडबाजीमै ओर्लिने गरेका छन । आखिर यो ढर्राको दिगो समाधान कहिले होला ?
हरेक वर्षको बजेटमा स्थानिय सरकारले शिक्षामा ठुलै आकारको बजेट विनियोजन गर्छ तर हरेक वर्ष गर्मी बढेको भन्दै विदा दिने निणर्य गर्छ । तर कक्षा कोठामा फेन व्यावस्थान छ छैन भनेर पालिकाले कहिलै अनुगमन गर्दैन् ।
केही-केही सामुदायिक विद्यालयमा भएका फेनहरुमा मकुराको जालो लागेर नघुम्ने अवस्थामा पुगेका छन् तर स्थानिय सरकारले ति विद्यालयका फेनहरु के कति कारणले चल्न नसकेका हुन त्यसको खोजिनिती गर्दैन्, बरु उल्टै विद्यालय छुट्टिको सिफारिस लिन निवेदन बोकेर आएका विद्यालयका शिक्षकहरु सग पालिकाको एसी जडित रुममा बसेर विद्यालय छुट्टीको निणर्य पारित गर्छ ।
निणर्य पारित भएपछि तिनै शिक्षकले विद्यालय पुग्न नपाई विद्यालय विदा भएको निणर्य फेसबुकमा हालेर खुसी साटदै घर जान्छन् र भोलिपल्ट देखी गर्मी छल्न भन्दै पहाडी भेगतिर घुम्न लाग्छन् र फेसबुकमा लेख्छन् ‘तराईको गर्मी छल्न आज यसो पहाड तिर, लेटाङ तिर, सिमसार तिर बरालिदै’ पोष्ट्याउछन् ।
गर्मीका नाममा बालबालिकाको नियमित पढ्न पाउने अधिकारलाई स्थानिय सरकार र विद्यालय व्यावस्थापन समिती दुवैले बर्जित गर्दा पनि बालअधिकारका लागि खोलिएका अधिकारवादी सस्थाहरु भने मौन बस्छन् ।
स्थानियतहका जनप्रतिनिधीहरुले चुनावका बेला ठुलोठुला स्वरमा भाषण गर्दै शिक्षा, स्वास्थ्यमा आमुल परिवर्तन गर्ने, विकासको मेरुदण्ड भनेको शिक्षा र स्वास्थ्य नै हो भन्दै भाषण गर्छन् तर तिनै शिक्षा आर्जन गर्ने सस्थाहरुमा शिक्षक बस्ने कोठाबाहेक कतिपय कक्षाकोठाहरुमा फेनहरु समेत चलेका छन् कि छैनन् भनेर अनुगमन समेत गर्दैनन् । के यसरी नै हरेक वर्ष गर्मी बढ्दै जाने क्रम रोकिएन भने अव कहिलै पनि यहाका विद्यालयहरुमा पठनपाठन हुन सक्दैन त ? विद्यालय छुट्टि दिनु दिगो समाधान हो त ? स्थानिय जनप्रतिनिधीमा समस्या समाधानको दिगो सोच कहिले आउला?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय