उर्लाबारी, १९ जेठ । मोरङको रतुवामाई नगरपालिकाले किसानको विद्युत महसुल तिरिदिएको छ।
नगरपालिकाले नेपाल बिधुत प्राधिकरण उर्लाबारी र रंगेलीसँग समन्व्य गरेर ३ हजार १ सय ६४ किसानको बिधुत महशुल एकमुष्ट तिरिदिएको नगर प्रमुख नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार किसानले सिँचाई गरेबापतको बिधुत महशुल रु २० लाख नगरपालिकाले तिरिदिएको हो । पालिकाले किसानले सिचाईका लागि प्रयोग गरेको विधुत महशुल तिरीदिएपछि स्थानिय कृषकहरु खुसी भएका छन् ।
नगरपालिकाले यस अघि पालिकाभित्रका किसानलाई कृषि पेशामा प्रोत्साहन गर्न खेत सिँचाइका लागि विद्युत महशुल तिर्ने प्रतिवद्धता गरेको थियो सोही अनुरुप पालिकाले किसानको तथ्याङक संकलन गरि विद्युत महशुल तिरिएको नगर प्रमुख नागेश्वरप्रसाद सिंहले बताउनु भयो ।
प्रमुख सिंहले भन्नुभयो-किसानलाई कृषिमा राहत प्रदान गरी, खेतखेतमा सहज सिचाइँ उपलब्ध गराएर किसानको कृषि उत्पादनमा बढवा दिने र आर्थिक आम्दानी वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने लक्ष्य पालिकाले दिएको हो, त्यसैको परिणाम स्वरुप हामीले विधुत महशुल तिरिदएका हौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय