
उर्लाबारी, २६ जेठ । मोरङको मिक्लाजुङ गाउपालिका-६ मा रहेको जलेश्वरी आधारभुत विद्यालयको ५ कठ्ठा जमिन व्याक्तिले आफ्नो नाममा पास गरेर फिर्ता नगरेकोे विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय प्रशासनले जग्गाको बारेमा जानकारी गराउदै विद्यालय व्यावस्थापन समिती, अभिभावक र स्थानिय सरकोकारवाला पक्षलाई सयुक्त रुपमा भेला गरेर मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-१ मा बसोबास गर्ने भानु रिमालले विद्यालयलाई फिर्ता गनुृपर्ने जमिन फिर्ता नगरेको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष याम बहादुर बोहोरले बताउनुभयो ।
बोहोराले भन्नुभयो-‘स्कुललाई जग्गा दिने सर्त थियो, रिमाल जग्गा दिन पनि तयार थिए, गाउपालिकाबाट सिफारिस समेत निकालिएको थियो तर त्यसको भोलिपल्ट उनि पास गर्न नजाने भए र जग्गा रोकियो ।’
२०६४ सालमा विद्यालयलाई ५ कठ्ठा जग्गा पास गरिदिने सर्तमा स्थानिय भगवान खरेलको नाममा रहेको मधुमल्ला १ ‘क’ श्रेष्ता कायम रहेको किता नम्वर ४ बाट १ विगाह ९ कठ्ठा जमिन रिमालका नाममा पास गर्ने र त्यसबाट कित्ताकाट गरि बाकी रहेको जमिन मध्ये ५ कठ्ठा जमिन विद्यालयका नाममा पास गर्ने सहमती भएपनि तत्कालिन विद्यालय व्यावस्थापन समिती सग रिमालले गरेको सहमती पालना नगरी जमिन आफ्नै नाममा राखेको तत्कालिन समयकी प्रधानाध्यपक ईन्दिरा गौतमले बताउनुभयो ।
गौतमले भन्नुभयो-‘तत्कालिन समयमा विद्यालयले जग्गा पास गराउन विद्यालय व्यावस्थापन समितीका सदस्य नरेन्द्र राईलाई पठाएका थियौ तर नेपाल बन्दका कारण उर्लाबारीबाट जान नसकेपछि उहा फर्केर आउनु भयो, त्यतिवेल भानु रिमाल एक्दमै विश्वासिलो व्याक्ति हुनुहुन्थ्यो अनि वहाको नाममा पास गरेर ल्याउने र बेच्ने व्यावस्थापन समितीको निणर्य थियो, त्यही अनुसार गरौ न त भन्ने कुरा भयो र ठिकै छ भनेर रिमालको नाममा जग्गा पास गराऔ अन्तिममा गएर उहाले बेइमानी गर्नुभयो।’
१६ वर्ष अघि विद्यालय व्यावस्थापन समिती र रिमाल विच भएको सहमती अनुसार खरेलबाट खरिद गरीएको जग्गा मध्ये ५ कठ्ठा जग्गा पास गरेर बाकी रहेको जग्गा रिमालको निजी सम्पती हुने गरी भएको मौखिक सहमतीलाई तोडेर रिमालले विद्यालयको जग्गा हडपेको मिक्लाजुङ गाउपालिका वडा नम्वर-६ का पुर्व वडाध्यक्ष बृद्धिलाल निरौला बताउनुहुन्छ ।
विद्यालय देखी केही टाढा रहेको सो जमिन तत्कालिन समयमा भानु रिमालको नाममा पास गर्ने र आवश्यक परेको बेला विद्यालयले सो जमिन विक्रीगरी पायक पर्ने स्थानमा अर्को जग्गा किन्नेगरी भएको मौखीक सहमतीलाई तोडेर रिमालले बेइमानी गरेकाले नैतिकताका आधारमा रिमालले जग्गा पास गर्नुपर्ने मिक्लाजुङ गाउपालिका-६ का वडाध्यक्ष खडी मगरले बताउनुभयो ।
विद्यालय व्यावस्थापन समितीले पटक पटक रिमाल सग जग्गा फिर्ता गर्न अग्रह गर्दा पनि जग्गा फिर्ता गराउने छाटकाट रिमालले नदेखाएपछि बिद्यालय प्रशासनले गाउपालिकामा जग्गा फिर्ताको पहल गरिदिन आग्रह गर्दै निवदेन पेश गरेको छ ।
गाउपालिकामा रिमालले जमिन हडपेको र जमिन फिर्ताका पहल गरिदिन आग्रह गरेपछि रिमालाई झिकाएर सत्यतथ्य छानविन गर्ने गाउपालिका अध्यक्ष बबीकुमार राईले बताउनुभयो ।
यता जमिन फिर्ता नगरेको आरोप लागेका रिमालले भने आफुले कुनै जमिन कुनै पनि विद्यालयलाई फिर्ता गर्नु पर्ने नरहेको बताएका छन् ।
रिमालले पुर्वीप्रेस सग कुरा गर्दै भन्नुभयो-‘मैले कुनै विद्यालयको जमिन फिर्ता गर्नुपर्ने छैन् मैले २०७४ साल मंसिर ११ गते मालपोत कार्यालय बेलबारीमा गएर साविकको किता नम्वर बाट कित्ताकाट गरी कित्ता नम्वर ६ सय ७६ बाट विद्यालयलाई जग्गा दान गर्ने मध्येका नरेन्द्र बस्नेतका नाममा व्याक्तिगत ४ कठ्ठा र विद्यालयका नाममा भएको ३ कठठ जग्गा पास गर्दिसकोको छु , बाकी रहेको जग्गा किता न ६ सय ७७ बाट विष्णु गुरागाईका नाममा २ कठ्ठा ५ धुर, किता नं. ६ सय ७८ बाट चक्र बहादुर कुवरका नाममा १९ धुर किता नं. ६ सय ७९ बाट नेत्र कुमारी चौलागाईका नाममा ७ कठ्ठा जमिन पास गर्दिसेको छु विद्यालयको बाकी रहेको जमिन नरेन्द्र बस्नेतका नाममा रहेको छ म माथी लागेको आरोप सरासर झुटो हो, विद्यालयले म सग हैन आफ्नो जग्गा नरेन्द्र बस्नेत सग खोज्नु पर्छ।’



