उर्लाबारी, ५ असार मोरङको उर्लाबारी नगरपालिका-६ मा रहेको आश्रय मेडिकल हलले पैसाको लालचमा ५ महिनाको गर्भ पतन गराउदा महिलाको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका-४ बस्ने ४० वर्षिय कल्पना राई (कार्की) को पेटमा रहेको ५ महिनाको हुर्कदै गरेको छोरीकोे औषधी सेवन गरी गर्भपतन गराउन मृतक महिला सग २५ हजार रुपैयाको डिल गरी गर्भपतन गराएको खुल्न आएको हो ।
अवैध रुपमा औषधी सेवन गराई गर्भपतन गराउदा उच्च रक्तश्राव भएर मृत्यु भएको खुलेको हो । उर्लाबारी नगरपालिका-६ बागेश्वरी लाईनमा संचालनमा रहेको आश्रय मेडिकल हललमा गर्भ परिक्षण गराउन आएकी राईको पेटमा ५ महिनाको छोरीको गर्भ रहेको थाहापाएपछि मेडिकल संचालक र मृतक राईका विचमा गर्भपतन गराउने मौखिक सहमती भएको थियो ।
सहमहितका आधारमा मेडिकल संचालकको सल्लाह बमोजिम उनी गर्भपतन गराउन तयार भएको राई सगै गर्भपरिक्षणमा गएकी स्थानिय महिला होपेनी सोरेनले बताउनुभयो ।
सोरेनले भन्नुभयो-“भाउजु सगै म पनि गर्भ परिक्षणका लागि आएको थिए, आएर चेक गरेपछि भाउजुले बच्चा फाल्ने कुरा गर्नुभयो, त्यसपछि उहाले लेडिज डाक्टर बोलाईदिने कुरा गर्नुभयो र उहाले बोलाईदिएको डाक्टरको सल्लाह अनुसार नै बच्चा फाल्ने काम भएको हो।”
विगत लामो समय देखी उर्लाबारीमा मेडिकल व्यावसाय गर्दै आएका झापाको दमक नगरपालिका-४ बस्ने वर्ष ३९ का सन्तोष घिमिरेले अवैधानिक तवरले गर्भपतन गराउन मान्यता समेत नपाएको मेडिकल हलमा स्वास्थ्य परिक्षणका लागि आउने डाक्टरहरु संग मिलेमत्तो गरी अवैधानिक तवरले गर्भपतन गराउदा महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो ।
पेटमा गर्भ रहेको थाहा पाएपछि राई स्वास्थ्य परिक्षणका लागि जेठ २५ गते विहिबार घिमिरेले संचालन गरेको आश्रय मेडिकलमा पुगिन मेडिकलमा उनले स्वास्थ्य परिक्षण गराउदा पेटमा ५ महिनाको शिशु रहेको भिडियो एक्सरेमा देखियो ।
एक्सरेमा ५ महिनाको हुर्कदै गरेको शिशु देखा परेपछि राईले मेडिकल संचालक सग गर्भपतन गराउने सल्लाह लिई सोही सल्लाह अनुरुप संचालकले मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर ममता पंडितलाई बोलाईदिन्छन् ।
विहिबार गर्भपरिक्षण गराएपछि मेडिकल संचालक सग भएको सहमतिका आधारमा राईले डा. ममता पंडित सग भेटेर गर्भपतनको बारेमा कुरा भएको तर औषधी सेवन भने राईले कहा कसरी गरीन आफुलाई थाहा नभएको छलफका क्रममा मेडिकल संचालक घिमिरेले बताउनु भयो ।
यता मृतक राईले पेटको बच्चा पतन गराउन लागेको कुरा समेत उहाले आफ्ना श्रीमान युवराज राईलाई समेत जानकारी नगराएको राईले बताउनुभयो ।
राईले भन्नुभयो -“म त खोलामा काम गर्दै थिए बुढि विरामी भएको फोन आयो र घर गएर उपचार गराउन साईकलमा हालेर अस्पताल लगेको हुँ, शनिवार बुढिको अप्रेसन भयो तर रगत रोकिएन र थप उपचारका लागि धरान लग्यौ धरानमा उहाको मृत्यु भयो।”
उपचारका लागि अस्पताल आएकी राईको रक्तश्राव भईरहेको र पेटको शिशु समेत मृत रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत मेडिकल अफिसर डाक्टर सुमन यादव बताउनु हुन्छ।
डाक्टर यादवले भन्नुभयो-“उपचारका लागि अस्पताल आउदा नै उहाको रक्तश्राव भइरहेको थियो, हामीले गर्भ परिक्षण गर्दा शिशुको धडकन थिएन, भने पाठेघरको मुख ३ सेन्टीमिटर खुलेको पायौँ त्यसपछि प्रसुती गराउने मेडिकल प्रोसेस अनुसार नै नियमित प्रक्रिया गर्यौँ तर बच्चा बाहिर नआएपछि अप्रेसन गर्रौ, अप्रेसन पश्चात उहाको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि धरान पठायौ उहाको धरानमा मृत्यु भएको खवर भोलिपल्ट थाहा भयो, अप्रेशन गराउनु भन्दा अगाडी नै ठुलो ठाउ लैजानु भन्दा उहाहरुले लान नसक्ने बताएपछि उहाहरुको आग्रह अनुसार नै यहा अप्रेसन भएको हो।”
अस्पतालमा राईको पेटमा मृत रहेको बच्चालाई असार २ गते शनिबार अप्रेसन गरेर निकालिएपनि उनको रक्तश्राव नरोकिपछि सोही रात थप उपचारका लागि उनलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान धरान लगियो । धरानमा उपचारका क्रममा राईको आईसियुमा आईतबार विहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
राईको मृत्यु भएपछि अस्पतालको लार्पवाही पुणर् उपचारका कारण मृत्यु भएको भन्दै मृतकका आफ्न्त र नातेदारले धरानबाट शव ल्याएर मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरको मृतकको शरिर राखेर प्रर्दशन गर्न थालेपछि आईतबार दिनभरी जसो अस्पताल परिसर तनावग्रस्त बन्यो ।
अस्पतालमा मृतकका आफ्न्तले प्रर्दशन गर्न थालेपछि अस्पताल प्रशासन, नेपाल प्रहरी र मृतकका आफन्त विच घटनाको सत्यतथ्य छानविनका लागि छलफल भयो छलफलका क्रममा उनले उर्लाबारीको आश्रय मेडिकल हलमा गर्भपरिक्षण गराएर औषधी सेवन गरेकोे कुरा खुल्न आएको छलफलमा सहभागि स्थानिय शुशिल कार्कीले बताउनु भयो ।
छलफलका क्रममा आश्रय मेडिकल हलको समलग्नता देखिएपछि प्रहरीले सोधपुछका लागि संचालक घिमिरेलाई बोलाएर सोधिखोजी गर्दा अवैध गर्भपतन गराउने प्रक्रियामा मेडिकलको समलग्नता देखिएपछि उनलाई प्रहरीले छलफल भईरहेको ठाउबाट नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहिका लागि प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताए । यद्यपी मृतक राईले सोही मेडिकल हलबाट औषधी खरिद गरी सेवन गरिन कि बाहिर खरिद गरी सेवन गरीन भन्ने कुरा भने खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।
मेडिकल संचालकलाई ज्यान सम्वधी कसुरमा जिल्ला अदालत मोरङबाट सोमबार ५ दिनको म्याद थप गरी आवश्यक कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
कानुनतहः नेपालको संविधान २०७२ अनुसार दफा १८८ मा उल्लेख भएअनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने उल्लेख गरिएको छ । जसको प्रयोजनका लागि गर्भपतन गराउन मान्यताप्राप्त स्वास्थ्यकर्मीबाट ईजाजत प्राप्त स्वास्थ्य सस्था हुनुपर्ने उल्लेख छ ।
तर कानुनतह हेर्ने हो भने नत मेडिकल हलले गर्भपतन गराउने मान्यता पाएको छ नत ५ महिना आर्थात २० हप्ताको गर्भपतन गराउन पाउने कानुनी व्यावस्था नै छ ।
मेडिकल संचालकले पैसाको प्रलोभनमा परेर कानुनको बर्खीलाभ गर्दै गरेको गैह्रकानुनी कर्मको बाटोले गर्भको शिशु र महिलाको मृत्युभयो ।
नेपालको प्रचलित कानुन अनुसार हेर्ने हो भने कसुरदार घिमिरेको आरोप प्रमाणित भए १८८ को (३) को (ख) अनुसार प्रमाणित भए १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैदसार प्रमाणित भए १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैया जरिवाना हुने व्यावस्था छ ।
तर यहा गर्भपतन मात्रै नभएर गर्भवती महिलाको मृत्यु समेत सोही कारण भएका कारण उनलाई अन्य कानुन पनि आर्कषित हुन सक्ने देखिएको छ ।
पछिल्लो समय यत्रतत्र खोलिएका मेडिकल हलहरुमा अवैध गर्भपतन गराउने महिलाहरुको संख्या बृद्धि भएको र त्यसले महिलाकै ज्यान असुरक्षित रहेको पाईन्छ तसर्थ अवैध रुपमा गर्भपतन गराउने मेडिकलहल र चिकित्सक माथी कानुनी कार्वाही गरी सुरक्षित मातृत्व र भ्रुण हत्या रोक्न आवश्यक देखिन्छ ।
यता आश्रय मेडिकल हलमा गर्भपतन गराउन सहयोग गरेको आरोप लागेपछि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरले डा. पंडितलाई निस्कासन गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यद्यपी अहिले सम्म डां पंडित भने पक्राउ परेकी छैनन् । मृतकका आफन्त र स्थानियले भने डा. पंडितको पनि समलग्नता रहेको भन्दै नियन्त्रणमा लिएर कार्वाही गनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय