उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिका-४ ले वडाको बक्रा खोला किनारमा बृक्षारोपण गरेको छ ।
“समृद्ध उर्लाबारी बनाउने हाम्रोा अभियान बृक्षारोपणले राख्छ स्वच्छ वाताबरण” भन्ने नारका साथमा शनिवार बृहत बृक्षारोपण कार्यक्रम सम्मपन भएको वडा नम्वर-४ का वडाध्यक्ष कल्याण कुमार राईले बताउनुभयो ।
वडाको बार्षिक वजेटमा समावेश भएको २० हजार रुपैयाको बजेटबाट बक्रा खोला किनारमा ४ सय ५० विरुवा रोपिएको छ ।
विरुवा रोप्ने कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, ४ नम्बरका वडाध्यक्ष कल्याणकुमार राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सिसौ, सिरिस, अम्बालगायत विभिन्न ७ प्रजातिका विरुवा रोपिएको वडा सदस्य शेखरनाथ दाहालले जानकारी दिनुभयो । रोपिएका विरुवाको संरक्षणमा पनि वडा कार्यालयले ध्यान दिने उहाँले बताउनुभयो ।
ADVERTISEMENT