बिराटनगर, १७ असार । नेपाली कांग्रेसले कोशी प्रदेशको नया बन्ने सरकारमा कांग्रेसको नेतृत्व रहने गरी निर्णय गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश समितीको आज विराटनगरमा बसेको बैठकले नया बन्ने मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ ।
कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको नेपाली कांगेस कोशी प्रदेश सह–महामन्त्रि खड्ग बहादुर फागोले जानकारी दिनुभयो ।
यस अघि नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो ।
नेकपा एमाले नेतृत्वमा रहेको यस अघिको ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्रि रहेको सरकार ढलेपछि गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो ।
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भुपेन्द्र राई र उमेश थापा, सहमहामन्त्रीहरु विनोदकुमार बस्नेत, खड्ग बहादुर फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए ।
कांग्रेसले कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन ्। ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ ।
कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन्।
ADVERTISEMENT