दिपेन्द्रबहादुर विश्वकर्मा

उर्लाबारी , २५ असार सोमबार मोरङको उर्लाबारी मा फोर लेनको सडक निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो शिलान्यासकालागि विहान ११ः ४५ बजेका लागि तयारी भएपनि पनि उर्लाबारी  नगरपालिकाका मेयर गगा प्रसाद खरेलले तत्काललाई  उदघाटन रोक्नुभनेर टेलिफोन आएपछि उदघाटन कार्यक्रम तितर बितर भएको थियो

उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथिका लागि निम्ता गरिएको थियो प्रमुख खरेल कार्यक्रममा उपस्थितहुनु भएन

त्यहाँ पुगेका वडा नं. का वडाध्यक्ष पनि नगरप्रमुख खरेलले तत्काल शिलान्यास रोक्नु भनेपछि फर्किनु भयो स्थानीयबासी समेतसडक निर्माण सुरु हुने भएपछि उत्साहका साथ कार्यक्रममा पुगेका थिए

तर, नगरप्रमुख खरेलले विवाद देखिएको भन्दै शिलान्यास रोक्न आदेश दिनुभयो त्यहाँ उत्साहका साथ पुगेका स्थानीयबासीलेनगरप्रमुख खरेलले शिलान्यास रोकेको भन्दै आक्रोश पोखे उनीहरुले विकासको काममा राजनीति खिचातानी भएको भन्दै विरोधजनाए स्थानीयबासीले निर्माण कार्य नरोक्न साथ दिन तयार भएको बताए स्थानीयकै रोवहरमा शिलान्यास गरिएको

विश्व बैंकको सहयोगमा ३९ करोड ५७ लाख रुपैयाँ लागतमा यो स्तरको सडक निर्माणका लागि ठेक्का आब्हान भएको थियो त्यसमासिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादले ३६ करोड १२ लाख ४३ हजार सय १६ रुपैयाँमा ठेक्का पाएको थियो स्थानीयकृष्ण चोकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने . किलो मिटर फोर लेनको सडक निर्माण गर्ने सम्झौता भएको

मुख्य ठेकेदार कम्पनीले सिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादका प्रबन्धक निर्देशक राजेशकुमार सिंहले फोर लेनको सडकनिर्माण कार्यका लागि उर्लाबारीका ठेकेदार अर्जुन तुम्रोकलाई जिम्मेवारी दिएको बताउनुभयो यसअघिका ठेकेदारले काम नगरेकोलेउक्त सम्झौता रद्ध गरी गुणस्तर काम गर्ने सम्झौता अनुसार ठेकेदार तुम्रोकलाई जिम्मेवारी दिएको बताउनुभयो यता स्थानीयठेकेदारको जिम्मेवारी पाउनु भएका तुम्रोकले दिन अघि मुख्य ठेकेदार कम्पनीसँग सम्झौता गरेको बताउनुभयो ठेक्का पाउने वित्तिकैकाम थालेको १८ देखि २० महिनाभित्र सम्पन्न गरेर दिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो नाफा घाटा होइन मेरो गाउँको बाटो होउहाँले भन्नुभयो–‘ ठेकेदार निर्मल उप्रेतीले काम नगरेकाले सम्झौता तोडेर नयाँ सम्झौता गरिएको हो

यस्तै, सुरुमा ठेक्का दिएको कम्पनीले दोस्रोलाई ठेक्का दिईसकेको फेरि सुरुको कम्पनीले दोस्रोलाई थाहै नदिई तेस्रोलाई ठेक्कादिएको जानकारी आएपछि आफुले शिलान्यास रोकेको नगरप्रमुख खरेलले बताउनुभयो   वडा अध्यक्षहरु, ठेक्का लिने ठेकदारहरु, नगरप्रमुखलगायत सम्पूर्ण टिमले शिलान्यास रोकिएपछि अघिल्लो प्रक्रिया समस्या सावधानका लागि संयुक्त बैठक बसेको समेतउहाँले जानकारी दिनुभयो उक्त बैठकमा उत्पन्न भएको बिवादका कारण भोलिको दिनमा काम सुरु भएपछि कुनै  पनि बाधा अवरोध  सिर्जना नहोस् भनेर प्रक्रियागत रुपमा अघि बढ्ने चाँडै योजना अनूरुपको  कार्यको थालनी हुने निष्कर्ष निकालेको उहाँले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय