
उर्लाबारी, ३० असार । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-६ ले अव आफ्नै भवनबाट शुक्रवार देखी सेवा विस्तार थालेको छ ।
स्थानियतहको पहिलो निर्वाचन सगै उर्लाबारी नगरपालिकामा विभाजित बनेका ९ वटा बडामध्ये पछिल्लो समय उर्लाबारी नगरपालिका-६ को वडा कार्यालयले असार २९ गते देखी भाडाको घर छाडेर आफ्नै भवनबाट सेवा विस्तार गर्न लागेको वडाध्यक्ष चिन्तामणी पौडेलले बताउनुभयो ।
दोस्रो कार्यकालमा निर्वाचित पौडेलले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा चुस्त दुरुस्त सेवा प्रवाह गर्न सहज हुने उहाको भनाई छ ।
उर्लाबारी-६ को चन्द्रमा चौकमा दाताबाट प्राप्त जग्गामा १ करोड १३ लाख ५० हजार रुपैयाँ लगानीमा सभाहलसहितको दुई तले भवन निर्माण गरिएको हो ।
काठमाडौंको रिजन्सी विल्डर्सले भवन निर्माणको ठेक्का पाएको थियो । वडाको भवन सगै आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । वडाको भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद आचार्यले तीन कठ्ठा जग्गामा प्रदान गरेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
पहिलो स्थानियतहको निर्वाचनताका उर्लाबारीका ९ वटा मध्ये वडा नम्वर १, २, ३, ६ र ७ नम्वर वडावटै वडा भाडाका घरमा संचालनमा रहेका थिए । अन्य भने वडा नम्वर ८ र ९ साविक राजघाट गाउविकास समितीको कार्यालयमा संचालनमा रहेका छन् वडा नम्वर ४ हुलाक सेवा विभागको कार्यालयमा संचालनमा रहेको छ ।
भाडाका घरमा वडा कार्यालय संचालन हुदा पालिकाको ठुलो रकम भाडामै जाने भएपछि उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागो र सम्वधित वडाध्यक्षको पहलमा जग्गा खोजविन गरी स्थायी कार्यालय स्थापना गर्न सुरुवात भएको थियो ।



