साउन ५, इटहरी — सुनसरीको इटहरी–२० स्थित कोशी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्यागरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारीदिए ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगलको छेउमा बसिरहेका युवा–युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएकोप्रहरीले जनाएको छ ।
सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीनजनाको समूहमा आएका युवामध्ये एक जनालेरोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएकोप्रहरीले जनाएको छ ।
रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रोहित र सुमना प्रेमीप्रेमिका भएकोबताइएको छ ।
धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । गोली लागेर गम्भीर घाइतेभएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् । घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाकोविषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।