उर्लाबारी, ६ साउन । नेपाली कांग्रेसका नेता विपी कोइरालाको ४१ औ स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस उर्लाबारीले बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधान्मन्त्रि विशेश्वरप्रसाद कोइरालाको ४१ औ स्मृति दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको अवसरमा नेपाली कांग्रेस उर्लाबारी नगरसमितीको आयोजनामा उर्लाबारी-९ को दुर्गापुरी बजार सरसफाई गरी उर्लाबारीमा विपी स्मृति दिवश मनाईएको नेपाली काग्रेस उर्लाबारीका नगर सभापति सुरेन्द्र लिम्वुले बताउनु भयो ।
विपीको स्मृतिमा आयोजित कार्यक्रममा पछिल्लो समय उर्लाबारीमा बढ्दै गएको डेङगु रोगको प्रकोपलाई न्युनिकरण गर्ने ध्यका साथ आफ्नो घारवरीपरिको वताबरणलाई सफा सुग्घर रार्खौ डेङगुको प्रकोप फैलन बाट बचौ र बचाऔ भन्ने सन्देश दिन पनि कार्यक्रमको आयोजना गरीएको नगर सभापति लिम्वुले बताउनुभयो ।
नेपाली काग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोको उपस्थितीमा भएको कार्यक्रममा विपी स्मृति भवन राजघाटबाट निस्कीएको टोलीले दुर्गापुरी बजार सरसफाई गरेको थियो ।
सरसफाई कार्यक्रम पश्चात बोल्दै सहमहान्त्री फागोले विपीले प्रतिपादन गरेको सिद्धान्तमा नेपाली कांग्रेस अढिग भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
उर्लाबारी नगरको आयोजना तथा नेपाली कांग्रेस वडा नम्वर-९ को व्यावस्थापनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वडा, नगर, क्षेत्र, प्रदेश सभा, कोशी प्रदेश कार्यसमितीका पदाधिकारी र कांग्रेसका केन्द्रिय प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
ADVERTISEMENT