ताप्लेजुङ, १५ साउन । नेपाली कांग्रेस कोशि प्रदेशका सह–महामन्त्री खड्ग फागोको अगुवाईमा ताप्लेजुङ का पहिरो पिडितलाई सहयोग प्रदान भएको छ ।

ताप्लेजुङ काँग्रेसमार्फत फागो नेतृत्वको टोलिले बाढी र पहिरो पीडितलाई राहत प्रदान गरेको नेपालि काग्रेस ताप्लेजुङले जनाएको छ ।बाढि पहिरो बाट पिडितबनेका हरुको उद्धरका लागि फागोको नेतृत्वमा १ लाख ५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको सहयोगकार्यक्रमका सयोजक लोलिम पोमु लिम्बुले बताउनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा  नेपाली काँग्रेस मोरङ १(१) का उपसभापति लोलिम पोमु, क्षेत्रीय प्रतिनिधि टंक राई, भेषराज फागो, सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष सरोज बस्नेतलगायत सहभागी रहनु भएको थियो ।

सोहि क्रममा नेपालि काग्रेस ताप्लेजुङ जिल्ला कोषाध्यक्ष  तारानाथ बराललगायत ताप्लेजुङका काँग्रेस नेता तथा कार्यकर्ताहरूसंगफागोले भेटघाट गर्दै समसामयिक राजनैतिक बिसयमा छलफल गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय