पाँचथर , १५ साउन । असार २ गते गएको बाढी र पहिरोका कारण परिवारका आफन्त र जनधन गुमाएका पाँचथर र ताप्लेजुङका पीडित परिवारलाई नेपाली कांग्रेसको कोशी प्रदेश कार्य समितिले आर्थिक सहयोग गरेको छ । दुवै जिल्लाका पीडितलाई कांग्रेसको प्रदेश कार्यसमितिले १ लाख ५ हजार ५ सय रुपैयाFका दरले रकम सहयोग गरेको हो ।

प्रदेश कार्यसमितिका सहमहामन्त्री खड्ग फागोले सोमबार जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी उक्त रकम पाँचथर जिल्ला सभापति रुपनारायण जवेगुलाई हस्तान्तरण गरे ।

जिल्ला कार्यसमितिले बाढी पहिरो प्रभावित फिदिम,फालेलुङ र याङवरक गाउँपालिकाका पीडितलाई राहतस्वरुप रकम उपलब्ध गराउने जिल्ला कोषाध्यक्ष रमेश भगवत प्रधानांगले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरले पनि जिल्लाका बाढीपीडितलाई राहत रकम उपलब्ध गराएको थियो । जिल्ला कार्यसमितिका तर्फबाट मृतक परिवारलाई १० हजार ५ सय र घर बढेका परिवालाई प्रतिपरिवार ६ हजार ५ सय रुपैयाँका दरले राहत रकम वितरण गरिएको जिल्ला सभापति रुपनारायण जवेगूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय