
बिराटनगर १७ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुखगाेतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।



