उर्लाबारी, १८ साउन । मोरङको उर्लाबारी नगरपालिकाले डिजिटल नागरिक बडापत्र सुरु गरेको छ । नगरपालिकाको कार्यालयका साथै १, २ र ३ नम्बर वडाकार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि विहीबारदेखि यो बडापत्र सञ्चालनमा ल्याएको हो ।
नगर प्रमुख गंगाप्रसाद खरेलले नगरपालिका परिसरमा डिजिटल नागरिक बडापत्रको ‘स्क्रिन टच’ गरी सेवाको उद्घाटन गरेका छन् ।
प्रविधिको उच्चतम प्रयोगसहित डिजिटल नागरिक बडापत्र राखेसँगै हरेक सेवा लिँदा सेवाग्राहीलाई सहज हुने नगर प्रमुख खरेललेजानकारी दिए ।
बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिनेनगरपालिकाका सूचना प्रविधि अधिकृत रोशन ठाकुरले जानकारी दिएका छन् ।