
उर्लाबारी, भदौ २। रेस्टुरेन्ट मा लगेर २० वर्षीया युवती लाई बलात्कार गरेको आरोपमा युवा संघका बेलबारी नगर कमिटी अध्यक्ष पक्राउपरेका छ्न ।
युवा संघका बेलबारी अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले युवती बलात्कारको आरोपमा पक्राउ गरेको हो । उनलाईबलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो ।




असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपीरन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो ।
तामाङ रेस्टुरेन्ट सन्चालक हुन । उनले पोललाइट रेस्टुरेन्टमा आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् ।
तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।