काठमाण्डौ, ३ भदौ । लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप-२०२३ को उपाधि जितेको छ । फाइनलमा नाशभिल एफसीलाई हराउँदै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो।
टाइब्रेकरमा नाशभिल १०-९ गोलले पराजित भयो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो ।
२३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो ।
सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सी हालै इन्टर मियामीमा आबद्ध भएका थिए । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय