
काठमाडौं, ३ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तीमगरले प्रेम विवाह गरेका छन ।
विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका लिना प्रधानसँग काठमाडौंको भद्रकाली मन्दिरमा विवाह घर्तिले गरेका हुन ।
विमल हालसालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन् । एन्फा एकेडेमीका उत्पादन उनी केही समय चोटग्रस्त रहेका थिए ।
विमल र लिना पाँच वर्षदेखि प्रेम सम्वन्धमा थिए । विमल माल्दिभ्समा फुटबल खेल्न जाँदा पहिलोपटक लिनासँग उनको भेट भएको थियो । लिना हाल दुबईमा वैदेशिक रोजगारीमा छिन्।
छुट्टीमा नेपाल आएकी लिना दुई तीन दिनमा दुबई फर्कने तयारीमा छिन् । विमलले दुवै पक्षका परिवारको उपस्थितिमा विवाह गरेको बताएका छन् ।



