
उर्लाबारी, ३ भदौ। उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य मुक्तिप्रकाश न्यौपाने रनेपाल विद्यार्थी संघ उर्लाबारीका सभापति तिर्थ घिमिरे (अरविन) माथि हातपातगर्नेलाई कार्वाही गर्न नेविसंघ उर्लाबारीले माग गरेको छ ।
आज विहान ९:३० बजेको समयमा क्याम्पसको मुख्य गेटमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखीक्याम्पस इकाई कमिटीका अध्यक्ष तथा स्ववियू उर्लाबारी बहुमुखी क्याम्पसकासदस्य गौतम तामाङ, उज्वल फोम्बो लिम्बूसहितको समूहले सांघातिक हमला, हातपात गरि घाईते बनाएका थिए क्याम्पसको मुल गेटमा एक जनाबिध्यार्थिमाथि सो समुहले निर्घात कुटपिट गरिरहेको देखेपछि क्छुट्याउन गएकान्यौपाने र घिमिरे माथि तिमिहरु को हौ ? भन्दै झम्टिएर आक्रमण गरेको पिडितघिमिरेले बताए ।
घटनामा समलग्नहरुलाई कानुनि कार्बाहिको माग गर्दै नेबिसघले अपिल जारिगरेको छ ।




संघका कार्यवहाक सभापति भूपेन्द्र काफ्ले र सचिब कृतिका कार्कीले विज्ञप्तिजारी गर्दै दोषीलाई चाँडो भन्दो चाँडो कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
यस्का साथै क्याम्पस जस्तो शिक्षा को मन्दिरमा अराजक गतिबिधि गर्ने लाईपक्राउ गरेर कानुनि उपचार गर्न क्याम्पस प्रशासनले पनि ईलाका प्रहरी कार्यालयउर्लाबारी लाई पत्र काटेको छ ।