विराटनगर, ५ भदौ । सोमबार विश्वासको मत लिएर कोशी प्रदेशका लागि नेपाली कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्रि बने सगै विश्वासको मतको प्रक्रियामा त्रुटि भएको भन्दै एमाले अदालत जाने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले विश्वासको मत बदरको मागसहित सर्वोच्च अदालत जाने भएको हो ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।
उनले संसदीय दलले समेत रिट दायर गर्ने निणर्य गरेको बताए । भोलि नै रिट दर्ता गराउने एमालेको तयारी छ ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै नेता कार्कीले एमालेसँग अर्को विकल्प नभएको बताए ।
सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापाले असंवैधानिकरूपमा सभाध्यक्षलाई प्रयोग गर्दै हिजो विश्वासको मत लिएको एमालेले आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय