उर्लाबारी, ५ भदौ । उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य मुक्तिप्रकाश न्यौपने र नेपाल विद्यार्थी संघ उर्लाबारी नगर सभापति तिर्थ घिमिरे (अरविन) लाई कुटपिट गर्ने कार्वाही गर्न काग्रेसले माग गरेको छ ।
नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बूले विज्ञप्ति जारी गर्दै सांघातिक हमला गर्ने उर्लाबारी वडा नं. ४ का गौतमबुद्ध तामाङलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेको हो ।
गत भदौ ३ गते क्याम्पसको मुल गेट अगाडि नै भएको घटनाप्रति कांग्रेसको गम्भिर ध्यनाकर्षण भएको जनाउँदै दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न माग गरेको छ ।
त्यस्तै, नेपाल तरुण दल उर्लाबारी र नेपाली कांग्रेस क्षेत्र नम्वर १ ले पनि विज्ञप्ती जारी गर्दै आक्रमणमा समल्गनलाई कानुनी कार्वाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
ADVERTISEMENT