उर्लाबारी, ७ भदौ । मोरङको उर्लाबारी नगरपालिका-७ मा बसोबास गर्ने ६० वर्षिय गगा बहादुर पौडेल घर बाट गत भदौ ४ गते हाफपाइन्ट किन्छु भनेर उर्लाबारी चौक निस्किएका थिए ।
हाफपाईन्ट किन्न भनेर घरबाट निस्केका पौडेल साझ सम्म पनि घर नफर्किएपछि पौडेलकी श्रीमती र परिवारका सदस्यहरुले उनको खोजि कार्यथालनी गरे ।
खोजतलासका लागि उनिहरुले ईलाका प्रहरी कार्यालय उर्लाबारी र विभिन्न सामाजिक संजालमा मानिस हराएको सुचना हालेर उनिहरु आफन्त र नातेदारहरुमा पौडेलको खोजिमा निस्किए तर उनको पत्तो लागाउन परिवार र प्रहरी सफल भएन ।
घरबाट निस्किएको ३ दिन पछि अर्थात भदौ ६ गते बुधवार दिउसो उनि उर्लाबारी-३ मंगलबारे स्थित सालबारी सामुदायिक बन क्षेत्रमा मृत फेला परेको प्रहरीले पौडेलको परिवारमा जानकारी गरायो ।
जानकारी पाएपछि घटना स्थल पुगेकी पौडेलकी श्रीमती माया देवी पौडेल कार्कीले घटनाको बारेमा नया कुरा खोलिन । मृतक पौडेलकी श्रीमतीले जिल्ला प्रशासन कार्यालय मोरङका सिडियोले नाम प्रमाणीकरणमा दिएकोे झनझटका कारण श्रीमानले मृत्यु रोजेको उनले आरोप लगाईन, उनले आरोप मात्रै लगाइनन् सिडियोलाई कार्वाही गर्नुपर्ने माग समेत राखेकी छिन् ।
बुधवार दिउसो जंगलमा घासदाउरा गर्न गएकी एक स्थानिय महिलाले मानिस लडिरेको देखेपछि हल्लाखाल्ला गरेकी थिइन उनले हल्ला खल्ला गरेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले खवर पाएपछि घटना स्थलमा पुग्दा उनि मृत फेला परेको मंगलबारे प्रहरी चौकीका इन्चार्ज असई हेमनारायण यादवले बताए ।
मृत पौडेल फेला परेको स्थानबाट प्रहरीले मेटाकोल ५० लेखिएको विषको बट्टा फेला पार्नुका साथै शव भएको वरीपरी सय, पाच र रु २० का नोटहरु समेत छरिएको अवस्थामा फेला पारेको जनाएको छ ।
मृतक पौडेलले विष सेवन गरेर मृत्यु वरण गरे अथवा मृत्युको अन्य कारण भए पोष्टमार्टम रिर्पोट पश्चात निक्र्यिोल हुने प्रहरीले जनाएको छ ।
मृतक पौडेलको शव पोष्टमार्टमका लागि उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको छ ।
सखुवासभाको आखीभुईमा रहेको अमरुवा माध्यमिक विद्यालयमा ३६ वर्ष पढाएर २०७९ फागुनमा उनले अवकास प्राप्त गरेका थिए ।
अवकास पश्चात पौडेलले नेपाल सरकारबाट पाउने पेन्सनपट्टा वापतको कागजपत्र निर्माणमा उनको नाममा त्रुटि भेटिएको थियो ।
मृतक पौडेलको नागरितामा गंगा बहादुर पौेडेल क्षेत्री र सर्टिफिकेटमा गगा पौडेल मात्र भएपछि उनको पेन्सनपट्टामा समस्या उत्पन्न भएको मृतक पौडेलका नातामा सालो पर्ने ईन्द्र बहादुर कार्कीले बताए ।
नाममा त्रुटि फेला परेपछि उनलाई नाम सच्चाउन भनेर किताव खानाले फर्कायो किताव खानाबाट फर्किर दुवै नामको व्याक्ति आफै भएको प्रमाणित गर्न उर्लाबारी-७ को वडा कार्यालय पुगे वडाले दुवै नामको व्याक्ति एउटै भएको प्रमाणित गर्यो ।
जिल्ला प्रशासन कार्यालय मोरङका हाकिमले वडाको सिफारिस बोकेर भिनाजु पटक-पटक धाउदा पनि निरास बनाएर फर्काइदिने गरेका कारण भिनाजुमा नैराश्यता छाउन थालेको थियो सोही कारण भिनाजुले आत्महत्याको बाटो रोजेको उनको आरोप छ ।
वडाले दिएको सिफारिस बोकेर पटक-पटक जिल्ला प्रशासन कार्यालय धाएपनि प्रशासन कार्यालयले दुवै नामको व्याक्ति एउटै हो भन्ने सिफारिसलाई मान्यता नदिएपछि उनको पेन्सन पाउने सपना टुटदा उनले निरास भएर मृत्युको बाटो रोजेको आफन्तहरुको आरोप छ ।
पौडेलको मृत्यु पश्चात उनका आफन्त र परिवारजनले १३ दिनको कारजकिरिया पछि न्यायका लागि लड्ने पारिवारिक सहमति अनुसार आज (विहिबार) पौडेलको मृत शरिरको पोष्टमार्टम गरी दहासस्कार गर्ने परिवार स्रोतले बतायो ।
मृतक पौडेलको सर्टिफिकेट भारतको असाम राज्यको रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय