
उर्लाबारी, १२ भदौ । मंगलबार विहानै आफ्नो नियमित काममा घरबाट बिदा लिएर अस्पताल हिडेका डाक्टरको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।
घरपरिवारबाट विदा लिएर झापाको विर्तामोडमा रहेको कन्काई अस्पताल हिडेका मेडिकल अफिसर डाक्टर निरज यादवको उर्लाबारी-४ स्थित पुर्वपश्चिम राजमार्गको ऊ सत्यसाई पेर्टोलपम्प छेउमा टिफर सग ठक्कर लाग्दा उनि आफ्नो गतव्य सम्म पुग्न पाएनन् ।
विहान करिव ६ः३० बजेको समयमा यादवले चलाएको प्र १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३-००१ क ००९५ नम्बरको टिपर जुध्दा मोटरसाइकलमा सवार यादव गम्भिर घाइते भएका थिए ।
घाईते यादवको उपचारका लागि तत्काल उद्धार गरी उपचारका लागि उर्लाबारी-३ मा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा लगिएको थियो उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।
२८ वर्षको कलिलो उमेरमै डाक्टर बनेका यादवको अल्पआयुमै मृत्यु हुदा उनको परिवार भावविहल बनेको छ ।
ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको ।



