
उर्लाबारी, २० भदौ । झापाको दमक–१ घर भई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत डा. प्रज्वल कोइराला मृत फेला परेका छन् । १०दिनदेखि हराइरहेका डा. कोइरालाको शव सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशी भंगालो छुटेर टापु बनेको क्षेत्रमामंगलबार दिउँसो फेला परेको हो ।
सो क्षेत्रमा माछा मार्ने मान्छेले शव देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो पाएपछि प्रहरीलेआफन्तलाई खबर गरेको थियो । मृतकका बुवा दिवाकर कोइरालासहित दमक नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिप्रसादन्यौपानेको टोलीले पहिचान गर्दा भेटिएको लाश डा. कोइरालाकै भएको बताएपछि शवलाई पोष्टमार्टमका लागि धरानको घोपाक्याम्पमा राखिएको छ । पोष्टमार्टम पछि डा. कोइरालाको शव आज घर ल्याउने तयारी गरिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिँडेका थिए । वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते बिहान उनको सवारी साधनचतराको पुलपारि फेला परेको थियो । गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा उनी चतराको पुलमा यता उता गरेको रखोलामा टहलाएको देखिन्छ । आफ्नो मोवाइल, जुत्ता उनले गाडी र पुलमा नै छाडेका थिए । प्रहरी स्रोतका अनुसार अन्तिम समयमाउनका प्रेमी भनिएकी एक युवतीसँग कुराकानी भएको देखिन्छ ।
डा. कोइराला तीन साताअघिदेखि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । ३२बर्षीय उनले दमकको लाइफलाइन अस्पतालमा ३ वर्षभन्दा बढी काम गरेका थिए ।



