उलाबारी, असोज  बैंक तथा वित्तीय संस्थाले मनोमानी तरिकाले बढाएको ब्याज ले व्याबसायिहरु मर्कामा गुनासो उर्लाबारिकाब्याबसायिहरुले गरेका छ्न ।शनिबार मोरङको उर्लाबारीमा उर्लाबारी उद्योग बाणिज्य संघको ३५ औां बार्षिक साधारणसभामा बोल्दैचर्को ब्याजदरका कारण ब्यवसायीहरु मर्कामा परेको भन्दै आक्रोश पोखेका हुन् कार्यक्रमका सहभागीहरुले सुरुमा एउटा ब्याज दरकायम गर्ने पछि विभिन्न बहाना सिस्टमको हवला दिँदै ब्यवसायीहरुसगँ लिने चर्को ब्याज दरले आफुहरु मारमा परेको बताएका छन्
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले साना ठूला गरीकरिब ५० लाख उद्यमी ब्यवसायी रहेपनि सरकार राष्ट्र बैंकको गलत नीतिका कारण देशमा आर्थिक मन्दीको अवस्था आएकोबताउनुभयो उहाँले भन्नुभयो–‘सिमित ब्यापारी पहुँचवालाको मात्रै संरक्षण गर्ने नीतिले गर्दा अर्थतन्त्र मजबुत नहुने राष्ट्रिय पुँजीनिर्माण गर्न महत्वपूर्ण योगदान दिईरहेका मिनबहादुर गुरुङजस्तालाई हतोत्साहित गरेर सरकारले गलत गरिरहेको अर्थतन्त्र सुधारगर्न सरकार नीजि क्षेत्रको एकता समन्वयले मात्रै सम्भव हुने उहाँको भनाई
यस्तै उद्योग बाणिज्य महासंघ कोशीका बरिष्ठ उपाध्यक्ष भीम पौडेलले सरकारले लिएको गलत नीतिका कारण हजारौं विद्यार्थीहरुस्टाफ नर्स पढ्न छिमेकी देश भारतका कलेजमा गइरहेको त्यसबाट पनि देशको अर्थतन्त्रमा ठूलो नोक्सान पु¥याउने कार्य भैरहेकोबताउनुभयो बिगतमा कोभिड महामारीका कारण बिदेशी मुद्रा संचितिमा ह्रास आएको देश आर्थिक मन्दीतर्फ गएपनि अहिले प्रर्याप्तमात्रामा बैंकमा तरलता भएपनि अर्थ मन्त्रालय राष्ट्र बैंकको टकरावका कारण ब्याज दर घटाउने लगायतका कल्याणकारी योजनाल्याउन सरकार चुकेकाले ब्यवसायी मारमा परेको उहाँले बताउनुभयो कार्यक्रमकी प्रमुख अथिति उर्लाबारी नगर उपप्रमुख मिनाखतिवडा पौडेलले स्थानीय तहले गर्न सक्नेसम्म उद्योगि ब्यवसायीको पक्षमा साथमा लिएर नीति निर्माण गरिरहेको बताउनुभयो नेपालीकांग्रेस कोशी प्रदेशका सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, ब्यवसायी मनोहरी दाहाललगायतलेबोल्नुभएको थियो साधारणसभामा प्रादेशिक महोत्सवलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्याए वापत संयोजक भरत भट्टराई, सहसंयोजक प्रितम खड्गी, यमलाल रसाइली, हेमराज गुरुङ, जंगबहादुर कार्की, निर्मला चौहान, डिल्लीराम खतिवडा, भेषबन्धु निरौला, राजन दाहाल, गणेश खत्री, रोशन घिमिरे, राधिका काफ्ले, गोपाल भण्डारी, नितम चौहान, नुतन राई, राजकुमार श्रेष्ठ, दशरथ यादव, शंकर थपलिया, देवी सिटौला, विनिता दहाल चन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गरिएको थियो संघका अध्यक्ष शेरबहादुर भण्डारीकोअध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको संघका बरिष्ठ उपाध्यक्षयामलाल रसाइलीले जानकारी दिनुभयो कार्यक्रम सञ्चालन महासचिब हेमराज गुरुङले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय