
दमक, ८ असोज । झापाको दमक स्थित पशुपति मार्गमा रहेको अम्बिका माछा फ्राईमा अखाद्य बस्तु मिसावट गरी माछा पकाउने गरेको पाईएको छ ।
झापामा निकै चर्चित रहेको अम्विका माछा फ्राईमा दमक नगरपालिकाले आज अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पकाउन तयारी पारेका माछामा मानव स्वास्थ्यलाई असर पार्ने खालका केमिकल प्रयोग गरेको पाइएपछि नगरपालिकाले माछा जफत गरेको छ ।
दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराईको नेतृत्वमा निस्किएको टोलिले माछामा आखाद्य बस्तुको मिसावट गरी विक्रि गर्ने गरेको पाइएपछि माछा फ्राईका सवै माछा जफत गरी नमुना परिक्षणका लागि नगपालिकाले लगेको छ।
यस्तै सोही टोलीले दमक-५ मा रहेको सगुन माछा फ्राईमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा सो माछा फ्राईले माछामा अखाद्य रङ लगाएर माछा विक्रि गर्ने गरेको पाईपछि सगुन माछा फ्राईका माछा टोलीले जफत गरेको छ ।
चाडपर्व नजिकिए सगै बजारमा कालोबजारी, मिसावट र अस्वभाविक मृल्य बृद्धिका जनगुनासो आउन थालेपछि नगरपालिकाले बजार अनुगमलाई तिव्रता दिदै आएको नगरपालिकाले जनाएको छ ।



