ओखलढुंगा , असोज जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका वडा नं१० का ३५ बर्सिय वडा अध्यक्ष छविरमण धमलापक्राउ परेका छन्

जागिर लगाईदिने प्रलोभन देखाई धमलाले सोहि वडा बस्ने एक २५ बर्सिय महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो

आफूलाई जबरजस्ती करणी गरेको भन्दै असोज गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दरखास्त दिनुभएको थियो जाहेरी दर्ता भएपछी धमला फोन स्वीच अफ गरेर फरार रहेको प्रहरीले जनाएको थियो

फरार अभियुक्त धमला मंगलबार सिद्धिचरण नगरपालिका बाट पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालयका सुचना अधिकारी बलिस्टार सिँहले जानकारी दिनुभयो

गते मंगलबार जिल्ला अदालत ओखलढुंगाबाट हिरासतमा राखी अनुसन्धान गर्न दिनको म्याद जारी भएको अदालतको आदेशअनुसार अभियुक्त अध्यक्ष धमलालाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको

सोही वडाकी २५ वर्षिय पिडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहनु भएको थियो श्रीमान विदेश भएको मौकाछोपी अध्यक्ष धमलाले जबरजस्ती करणी गरेको महिलाले बताउनु भएको

अध्यक्ष धमलाले जागिर लगाइदिन्छु भनेर होटलमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको अहिले पिडीतमहिलाका श्रीमान घरमा आइसक्नु भएको परिवारले जनाएका छन् धमला गत स्थानिय चुनावमा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय