झापा, १२ असोज । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई नगरपालिकाले जिम्मेवारीबाट हटाएको छ ।
एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारी भकुरेको भिडियो समाजिक संजालमा भाइरल बनेको थियो ।
सामाजिक संजालमा भिडियो भाईरल बनेपछि नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख बस्नेतलाई ३ दिन भित्र लिखित जवाफ पेस गर्न भन्दै जिम्मेवारीबाट हटाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमालले बताए ।
रिमालले पुर्वी प्रेस सग कुराकानी गर्दै भने-‘३ दिन भित्र उहालाई स्पष्टीकारण पेस गर्न समय दिएका छौ, स्पष्टीकरण पेश नभएसम्म शाखा प्रमुखको जिम्मेवारीबाट हटाएका हौ ।’
शाखा प्रमुख पालिकाकै महिला कर्मचारी सग डेटिङ जानुभाको भन्ने कुरा आको छ महिला कर्मचारीलाई के कार्वाही भयो सर सर भन्ने प्रश्नमा रिमालले भने-‘भिडियोमा महिलाको अनुहार प्रष्ट नदेखिएका कारण पालिकाकै कर्मचारी हुन वा होइनन भन्नेमा छ, हामिले बस्नेत जिलाई ३ दिनको समय दिएका छौ, सो समयमा उहाले दिएको जवाफको आधारमा कार्वाही प्रक्रिया अगाडी बढ्छ।’
घटना यस्तो थियो……..
झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई उनकी श्रीमतीले परस्त्रीसग जंगलमा डेटिङ गरेको भन्दै भकुरेको भिडियो सार्वजनिक भएको थियो ।
बस्नेतले पालिकाकै एक महिला कर्मचारीसग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले बस्नेतलाई फलो गर्दै गएर फेला पारेकी थिईन।
नगरमा कार्यरतसिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि बस्नेतलाई लछार पछार पर्दै भकुरेको भिडियो सामाजिक सनजालमा सार्बजनिक भएको थियो ।
बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो ।
स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसंग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्थ्यो।
पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ ।
यसअघि दमकनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ निरौला, माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकाजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो ।
योसँगै अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
ADVERTISEMENT