
उर्लाबारी, २२ असोज । मन्त्री लिम्वु र सांसद पालुङवाको सम्पर्क कार्यालय उर्लाबारीमा खुल्यो
उर्लाबारी, २२ असोज । मोरङको क्षेत्र-१ बाट प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचित भएका सांसदको समपर्क कार्यालय उर्लाबारीमा खुलेको छ ।
स्थानिय क्षेत्रका जनताहरुको समस्यालाई सम्पर्क कार्यालयमार्फत सम्वोधन गर्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरीएको सचिवालयले जनाएको छ ।
सम्पर्क कार्यालयको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुले गरेका छन् ।
कार्यालयको उद्घाटन गर्दै मन्त्री लिम्वुले क्षेत्र-१ मा रहेका पालिकाका जनताले भोग्दै आएका समस्या, विकासका नया योजनाहरुलाई पेस गरी समस्या निरुपण गर्न सम्पर्क कार्यालयले सहजिकरण गर्ने बताए ।
मन्त्री लिम्वुले गत निर्वाचनमा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधीसभाको सासदमा निर्वाचित भएका थिए ।
यस्तै कोशी प्रदेश, प्रदेश सभामा निर्वाचित सांसद शोभा चेम्जोङ पालुङवाको पनि सम्पर्क कार्यालय सगै रहेको छ ।
प्रतिनिधी सभा र प्रदेश सभामा नेतृत्व गरीरहेका दुवै सासदले मोरङ-१ बाट प्रतिनिधित्व गरेका कारण दुवै सासदको सयुक्त सम्पर्क कार्यालय स्थापना गरीएको जनाएको छ ।
कार्यक्रममा सम्वोधन गर्दै कोशी प्रदेश सासद शोभा चेम्जोङ पालुङवाले सम्पर्क कार्यालय स्थानिय जनताको सहजताका लागि स्थापना गरीएको बताईन ।
उनले भनिन जनताले खोजेको बेला सासद भेटिदैनन् भन्ने गुनासो हामीले सुन्दै आएका थियौ, जनताको गुनासो र समस्या समाधान गर्न हामीले सम्पर्क कार्यालय स्थापना गरेका हौ ।
कार्यक्रममा नेपाली काग्रेस महाधिवेसन प्रतिनिधी सिता कार्की, केराबारी गाउपालिकाका पुर्व अध्यक्ष रोहीत कार्की, प्रदेश सभा (क) सभापति नरबहादुर मोक्तान, तरुण दल केन्द्रिय सदस्य भिम थापा लगाएतले मनतव्य राखेका थिए । कार्यक्रम नेपाली काग्रेस मोरङ जिल्ला सदस्य बीरबल थापाले सञ्चालन गरेका थिए ।
कार्यालय सम्पर्क व्याक्तिका रुपमा साजनजंङ कुवर र रुपेन्द्र शेर्मा तोकिएको बताइएको छ ।



