उर्लाबारी, २५ असोज । ईलाका प्रहरीका कार्यालयको कमाण्ड सम्हाल्न करिब ढेड महिना अघि उर्लाबारी आएका प्रहरी निरिक्षक दासले प्रहरीसर्च अप्रेसनलाई दु्रत गतिमा अगाडी बढाएका छन् ।
दासले उर्लाबारीको कमाण्ड सम्हाले सगै विभिन्न अभियोगमा कैद सजाय पाएका र जरिवाना भुक्तान गर्नुपर्ने ठहर भई सजाय भुत्तान गर्न बाकी रहेका फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गरी कानुनी सजाय दिलाउन प्रहरी लागि परेको छ ।
उर्लाबारी ईलाका प्रहरीको आधार ईलाका भित्र विभिन्न समयमा अपराधिक गतिविधीमा समलग्न भई जिल्ला अदालतबाट फैसला भई कैद अथवा जरिवना भुक्तान गर्न बाकी रहेका ७ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको जनाएको छ ।
उनिहरुलाई प्रहरीले असोज २३ गते मंगलबार उर्लाबारीका विभिन्न स्थानबाट पक्राउ गरी कानुनी सजाय भुक्तानका लागि हिरासतमा राखेको जनाएको छ ।
यस्तै सोही प्रकृतिका घटनामा समल्गन भएका अन्य ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।
दासले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्न आएको करिव ४५ दिनको अवधीमा फरार अभियुक्त १३ र लागुपदार्थ ओसार पसार तथा विक्रि वितरण सेवन कर्ता गरी अन्य ४ जनालाई पक्राउ गरी कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाएको बताए ।
यस्तै दासले चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधीलाई रोक्न व्यापक मात्रामा सिभिल डे्रसमा प्रहरी परिचालन गरीने पनि बताएका छन् ।
चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, कानुनले बन्देज गरेका खेलतमासालाई निरुत्साहित गरी चाडपर्वमा सामाजिक सदभाव कायम गर्न प्रहरीले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन लागि पर्ने बताइएको छ ।
यस्तै चाडवाडको समयमा घटन सक्ने सम्भावित दुर्घटनाहरुलाई न्युनिकरण गर्न प्रहरीले उर्लाबारी नगरपालिका विभिन्न स्थानमा जोडिएका सिसी क्यामेराहरुको माध्यमबाट नियमित मनिटरिङ गरीने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय