विराटनगर, २६ असोज । नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक आज बोलाएको छ ।
मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निणर्य गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको जनाएको छ ।
बैठकमा पार्टी र गठबन्धनको निणर्यविपरीत कोइराला पक्षले गरेको विद्रोह बारेमा छलफल र निणर्य हुने नेपाली कांग्रेस नेता भूपेन्द्र राईले बताए ।
नेकपा एमालेसँग मिलेर कांग्रेसका २९ सांसद मध्ये ८ जनाले विद्रोह गरेका छन् । र, उनीहरुका तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका छन् ।
गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।
दलका सांसदले गरेको विद्रोहका बारेमा कार्यसम्पादन समितिले निणर्य गर्ने नेता राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय