मोरङ, २७ असोज

नेपाली कांग्रेस कोशी प्रदेशका  सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने भएका छन‍्‍। 

शनिबार प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने बताएका हुन्। 

उनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन‍्।

नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिनलागेका हुन थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय