उर्लाबारी, २ असोज । मोरङको उर्लाबारी-३ मंगलबारेमा शाखा कार्यालय रहेको प्राईम कर्मशियल बैकले दशैको मुखमै सामाजिक सुरक्षा भत्ता वितरण रोकेको छ ।
उर्लाबारी नगरपालिका-२ र ३ का करिव २ हजार भन्दा बढी सामाजिक सुरक्षा भत्ता थाप्दै आएका स्थानियहरु बैकले भत्ता वितरण नगर्दा मर्कामा परेका छन् ।
आर्थिक अवस्था कमजोर भएका र सामाजिक सुरक्षाभत्ताकै रकमले दशै मनाउन तयार भएका स्थानियहरु बैकले समय अभावको कारण देखाउदै रकम निकासा नगरेपछि मर्कामा परेको उर्लाबारी-३ मनमाया दहालले बताईन ।
उर्लाबारीले नगरपालिकाले सामाजिक सुरक्षा वितरणका लागि गत शुक्रबार नै बैक खातामा रकम दाखिला गरेपनि बैकले २ वटा वडाको समाजिक सुरक्षा भत्ता वितरणको समय कम भएको भन्दै दशै पछि मात्रै वितरण गर्ने तयारी गरेको जनाएको छ ।
बैकका शाखा प्रमुख रोशिस बुढाथोकीका अनुसार-‘नगरपालिकाबाट प्राप्त हुने रकम अघिल्लो साता प्राप्त भएपनि २ वटा वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न करिव २ साता लाग्ने भएका कारण समय अभावले वितरण गर्न सकेनौ दशै पछि गछौँ ।’
यता वडाका नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता रोकिएको बारेमा वडा नम्वर-२ र ३ का अध्यक्षले बैकले समय थोरै भएर वितरण गर्न नसक्ने जानकारी गराएको बताए, तथापी आर्थिक अवस्थामा कमजोर भएका नागरिकको हकमा भने बैकमा गएर लिन सकिने उनिहरुले बताए ।
यद्यपी उर्लाबारीका अन्य वडाका नागरिकले भने सम्वधित बैकबाट शुक्रबार सम्म सामाजिक सुरक्षा भत्ता लिन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय