उर्लाबारी, ३ असोज । मोरङको उर्लाबारी-५ मा स्कुलडाडामा रहेको अरनिको अस्पतालले तिघ्राको हड्डीको सफल शल्यक्रिया गरेको छ ।
जिब्रोको क्यानसर भएर २ वर्ष देखी थलिएकी मोरङको लेटाङ नगरपालिका-६ की ४७ बर्षिय तिलमाया चौधरीको दाहिने तिग्राको हड्डीमा समेत क्यानसर फैलिएर तिघ्राको हड्डी फयाक्चर भएको उपचारमा समलग्न डाक्टर सन्दिप अधिकारीले बताए ।
क्यानसरका कारण हड्डीमा समस्या भई थलिएकी चौधरीको शल्यक्रिया गरी अस्पतालले विहिबार डिस्चार्ज गरेको बताए ।
चौधरीको तिग्राको हड्डीको अप्रेसन गर्न करिव १ लाख रुपैया लाग्ने भएपनि चौधरीले भोग्दै आएको समस्यालाई हेरेर आधा भन्द कम पैसामा उपचार गरी डिस्चार्ज गरिएको डा. अधिकारीले बताए ।
विराटनगर बाहिर उत्तरीमोरङमा सस्तो र सुलभ सेवा दिदै आएको अरनिको अस्पतालले आर्थिक अवस्था कमजोर भएका मानिसहरुका लागि विशेष छुटमा सेवा दिदै आएको अस्पतालका अध्यक्ष लोलिम पोमुले बताए । अस्पतालले स्वास्थ्य विमाको सेवा समेत सञ्चालन गर्दै आएको छ ।
डिस्चार्ज पश्चात चौधरीले अस्पताललाई धन्यवाद दिदै भनिन सरल र सहज अप्रेसन गरी केही समय बाच्न सजिलो बनाइदिनु भएकोमा आभारी छु ।
ADVERTISEMENT