
उर्लाबारी, ३ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले पक्ष र पिपक्षको राजनिती खिचातानी बन्द गर्नु पर्ने बताएका छन् ।
संगठनलाई चलायमान र सुदृढ बनाउन लागि परेका नेता कार्यकर्तालाई व्यक्तिगत कुण्ठा, रिस र द्वष राखेर छिन्नविन्न बनाउन पार्टीकै केही नेताहरु लागि परेको फागोले बताए ।
उर्लाबारीमा गत साता नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वु र कोशी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाको सम्पर्क कार्यालय खोलिएको सन्दर्भलाई उदृत गर्दै माननियहरुले नेपाली काग्रेस नगर समितीलाई जानकारी समेत नगराई गरेको कार्यक्रमप्रति आप्पती जनाएका छन् ।
फागोले भने-‘उर्लाबारीमा सम्पर्क कार्यालय खोलिदा समेत नगर समिती र कांग्रेसलाई जानकारी हुन्न, जानकारी नभएको कार्यक्रममा जाने कुरा भएन, माननियहरुले पक्ष र विपक्ष बनाई काग्रेसलाई कमजोर बनाउन खोज्नु भाको हो?’
सोही प्रसङगमा फागोले भने माननीयहरुले सम्पर्क कार्यालय खोल्दा कांग्रेसजन प्रति गरेको पक्ष र विक्षको राजनितीले कांग्रेसको संगठनलाई कमजोर नबनाउने बरु थप सुदृढ र मजबुत बनाउन आफु लागि पर्ने बताए ।
नेपाली कांग्रेस उर्लाबारी-९ ले दशै, तिहार र छैठ पर्वको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै फागोले व्यक्तिगत आवेग, रिस र कुण्ठा त्यग्न आग्रह गरे ।
वडा कार्यसमितीको आयोजनामा विपी स्मृति भवनको सभाहलमा सम्पन्न चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा नेपाली कांग्रेसका वडा, क्षेत्र, क्षेत्रिय प्रदेश, जिल्ला र कोशी प्रदेशका काग्रेसी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस वडा नम्वर-९ का सभापति तारानाथ सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा मोरङ क्षेत्र नं. १ प्रदेश ‘क’ का सभापति नगर बहादुर मोक्तान, उपसभापति लोलिम पोमु लिम्वु, क्षेत्रिय प्रतिनिधी सावित्रा बस्नेतले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रममा उर्लाबारी नगर सचिव दिपक भट्टराई, राजन रायमाझी, नेविसघ नगर सभापति अर्विन घिमिरे, स्ववियु सभापति बिबेक कार्की लगाएतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।



