बारा, १३ कार्तिक १३ । मोरसाईलमा आएको अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपलको उपचारको क्रममा निधन भएको छ ।
’गुड्डु’ भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ल ।
गोली प्रहारपछि घाइते भएका सर्राफलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकका अनुसार उनको उपचारको क्रममा निधन भएको बाराका डीएसपी दधिराम न्यौपानेले बताए । घटनाबारे विस्तृत अनुसन्धान थालीएको न्यौपानेले बताए ।
कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए ।
गोली लागेर घाइते भएका सर्राफलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको थियो । उनको टाउको र छातिमा गोली लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय