
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित वडा नम्वर-२ मा शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ ।
वडा नम्वर-२ मा रहेको स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानको आयोजना हुन लागेको महापुराण ११ दिन सम्म संचालन हुने भएको छ ।
महायज्ञमा शिवमहापुराणको कथा वाचनसँगै ध्यान, योग साधना, रुद्राभिषेक, महामृत्युञ्जय जप साधना, ज्ञान मञ्च एवं भजन कीर्तन लगायतका कार्यक्रम रहने प्रतिष्ठानका अध्यक्ष नेत्र प्रसाद दाहालले बताए ।
प्रतिष्ठानले उक्त कार्यक्रमको आयोजनाबाट प्रतिष्ठानको परिसरमा हरिहर मन्दिर निर्माण, शान्ति स्तुपा निर्माण, औषधीजन्य वनस्पतिको नक्षत्र वाटिका निर्माण तथा जेष्ठ नागरिकहरुप्रति लक्षित गरी नारदनर्वदा स्मृति भवन निर्माणको लक्ष्य रहेको स्वामी निर्विशेषानन्द महाराजले बताए ।
उनका अनुसार नक्षत्र वाटिका निर्माणका लागी सुन्दर सामुदायीक वन र चौतारी सामुदायीक वनसँग सहकार्यको प्रयास भइरहेको छ । प्रतिष्ठानले समाजबाट लोप हुदै गइरहेको संस्कार, संस्कृति लगायतलाई संरक्षण गर्ने उद्धेश्यले प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको स्वामी निर्विशेषानन्दको भनाई छ ।
प्रतिष्ठानले आयोजना गर्न लागिरहेको कार्यक्रमले ३० देखी ३५ लाख रुपैँया चन्दा, सहयोगमार्फत संकलन गरी प्रतिष्ठानको लक्ष्य पूरा गर्ने योजना रहेको प्रतिष्ठानले बताएको छ । सो कार्यक्रमका लागी प्रतिष्ठानले सम्पूणर् धर्मपे्रमी भक्तजनहरुलाई आमन्त्रण समेत गरेको छ ।
हिन्दु धर्मावलम्वीहरुका लागी पवित्र महिनाको रुपमा हेरिने श्रावण महिनाको १ गतेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ ।



