
काठमाडौं, १५ कार्तिक । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको नेपाली क्रिकेट टोलीको हौसला बढाउनका लागि विभिन्नसंघसंस्थाबाट पुरस्कार प्रदान गर्ने होड बढ्दो छ।
एसिया कपबाट अर्ना बियरले नेपाली खेलाडीहरुलाई पुरस्कार राशी प्रदान गर्न थालेको थियो। विश्वकप छनोटसम्म आइपुग्दा अन्यसंस्थाहरुसमेत थपिँदै जान थालेका छन्।




यसैबीच बुधबार नोबेल मेडिकल कलेजले पनि नेपाली टोलीलाई विश्वकपमा छनोट भए पुरस्कार रकम प्रदान गर्ने घोषणा गरेको छ।
कलेजले बुधबार एक विज्ञप्ति जारी गर्दै जारी प्रतियोगितामा नेपाली टोलीले सेमिफाइनलमा जित हात पार्दै विश्वकपमा छनोट भएटिमलाई एकमुष्ट १५ लाख रकम प्रदान गर्ने घोषणा गरेको छ।
साथै प्रतियोगिताको फाइनल खेलसमेत जितेमा थप पाँच लाख रकम गरी २० लाख उपलब्ध गराउने कलेजका प्रमुख कार्यकारीअधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।