जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको जानकारी दिए।
‘सर्वोच्चको आदेशपछि रिगललाई नेपालगञ्जबाट पक्राउ गरिएको हो,’ उनले भने।
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निणर्यविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय