उर्लाबारी, १९ कार्तिक। उर्लाबारी नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको नगरमा जनप्रतिनिधिबाट भए गरेका कार्यहरु बारेजनताहरुसँग छलफल गर्दै जनताका गुनासा सुझाव लिने उद्देश्यले आजबाट कार्यक्रम सुरु भएको हो

आज उर्लाबारी को बहादुरबाबा आधारभुत विद्यालयमा पहिलो कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा स्थानीय बासिन्दाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए स्थानीयका जिज्ञासापछि बोल्दै नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष कुलबहादुर कार्कीले जनताबाट आएका गुनासा सुझावलाईआत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो सो अवसरमा नगर प्रमुख खरेलले समृद्ध उर्लाबारी बनाउने अभियानमा नगरले अघि बढाएकायोजनाका बारेमा जानकारी गराउनुभएको थियो

कार्यक्रममा हाम्रो राजघाट टोल विकास संस्थाका अध्यक्ष सुरेश अधिकारी, पूर्व वडा सदस्यहरु अग्नि सुब्बा लक्ष्मी ढुंगाना, स्थानीयखेमराज घिमिरे, निलम भट्टराई, सुरेश ठाकुर, बुद्धिलाल सोरेन, भक्तबहादुर खड्का, उदीमकुमार विक, प्रकाशकुमार लुइटेल, गणेशश्रेष्ठ, वीरेन्द्र मर्डीलगायतले जिज्ञासा तथा सुझाव राखेका थिए आजबाट सुरु भएको कार्यक्रम नगरका वटै वडाका विभिन्न टोलमासञ्चालन गरिने नगर प्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय