
बिराटनगर, २२ कातिक । सामूहिक बलात्कार घटनामा दोषी ठहर भएका कराँतेका दुई प्रशिक्षकलाई मोरङ जिल्ला अदालतले कैद रजरिवाना फैसला गरेको छ।
विराटनगर–३ र विनोद राउत र विराटनगर–४ का अमर सुवेदीलाई समान ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी फैसला भएकोहो। बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले सो फैसला गरेको हो।




जबरजस्ती करणीतर्फ ७ र सामूहिक करणीतर्फ १ गरी दुवैलाई समान ८ वर्षको कैद सजाय भएको छ। अदालतले एक साताअघि दुवैजनालाई कसूरदार ठहर गरे पनि सजाय भने तोकेको थिएन।
राउत र सुवदी दुवै जना राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक हुन्। गत वर्ष जेठमा दुवै जनाविरुद्ध विराटनगरको एक होटलमासामूहिक बलात्कार गरेको भनेर इटहरीकी एक युवतीले जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि दुवै२०७९ साउन ८ गते पक्राउ परेका थिए।