उर्लाबारी, २५ कातिक आजबाट यमपञ्चक सुरु भएको यमपञ्चकको पहिलो दिन आज घरघरमा कागको पूजा गरी मनाइँदै

कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको काग करायो भने केही सन्देश या पाहुना आउने विश्वास गरिन्छ

आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन पनि यसरी दीपदान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको

धर्मशास्त्र अनुसार कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइन्छ

नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् त्यस्तो विवरण ल्याउने लैजाने काम भने कागले गर्ने मान्यता रहेको

आकाश मार्गबाट छिटो सन्देश ल्याउनेलाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको

आजको दिन कागलाई पूजाआजा नगरे खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता

कागले राम्रा नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय